Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

चलचित्र  ‘धागो’ को दोस्रो गीत ‘मेरो सम्झना’ बिहीबार सार्वजनिक

चलचित्र  ‘धागो’ को दोस्रो गीत ‘मेरो सम्झना’ बिहीबार सार्वजनिक

नेपाल सम्वत् ११४५, कौलागा १०, दशमी, (३० असोज, २०८२, १६ अक्टोबर, २०२५) बिहीबार, बाँपिझ्याला । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको नेपाली चलचित्र  ‘धागो’ को दोस्रो गीत ‘मेरो सम्झना’ बिहीबार सार्वजनिक गरिएको छ ।

गीतले चलचित्र को भावनात्मक पाटो उजागर गरेको छ । गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्, उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन्। गीतको धुन र शब्द दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन्। भिडियोमा चलचित्कार कलाकारहरू सुरक्षा पन्त र प्रभात थापाबिचको भावनात्मक कथा प्रस्तुत गरिएको छ। 
 
भिडियोले फिल्मको मूल कथा एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्छ। ‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागेको फिल्म हो। फिल्म उदिप राणा थापाले निर्देशन गरेका हुन्। म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसले निर्माण गरेको फिल्मका निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। 

प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री सह–निर्माता हुन् भने अब्दुल वहिद एम. र उदय थापा सुपरभाइजिङ प्रोड्युसरका रूपमा रहेका छन्। फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेको छ। 

चलचित्रमा सुरक्षा पन्त र प्रभात थापासँगै सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, र पप्पु विश्वकर्मालगायतका कलाकारको अभिनय छ। अभिनेत्री वर्षा राउत केमियो भूमिकामा देखिनेछिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार