दोलखाको डाँडामाथि,उषाकै रङ फैलिँदा,सनईको मधुर धुनसँगैभक्तिको सागर उर्लिन्छ। भीमेश्वरको पावन भूमिमाइतिहास बोल्छ मौन स्वरमा,भैरवको गर्जन मिसिन्छकुमारीको दिव्य मुस्कानमा। रातो वस्त्रले सजिएकी देवी,आस्थाको दीप बनेर आउँछिन्,हजारौँ श्रद्धालुका आँखामाआशा र विश्वास छरिरहन्छिन्। ढोलक घन्कन्छ,झ्याम्टा झन्किन्छ,गल्लीगल्ली जाग्छ संस्कृति,पुराना ढुङ्गाहरूले पनिजात्राको कथा...
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij