नेपाल सम्वत् ११४६, दिल्लाथ्वः५ पञ्चमी (३ साउन, २०८३, १९ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । नेपालभाषाका वरिष्ठ आख्यानकार तथा नेपालभाषा एकेडेमीका चान्सलर के. सुन्दर मल्लद्वारा लिखित उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक गरिएको छ।
शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पुस्तकको अंग्रेजी संस्करण सार्वजनिक गरेकी हुन्। कार्यक्रममा बोल्दै उनले नेपालमा साहित्यिक कृतिहरूलाई अंग्रेजी भाषामा अनुवाद गर्ने परम्परा अझै सीमित रहेको उल्लेख गर्दै नेपालभाषाको महत्वपूर्ण कृति अंग्रेजीमा अनुवाद हुनु ऐतिहासिक उपलब्धि भएको बताइन्। यसले नेपालभाषा साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्याउन महत्वपूर्ण योगदान गर्ने उनको भनाइ थियो।
उपन्यासको अंग्रेजी अनुवाद डा. ज्योति प्रभा तुलाधरले गरेकी हुन्। हाल पोर्चुगलमा रहेकी उनले आफ्नो मन्तव्य भिडियो सन्देशमार्फत प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा पुस्तकका प्रकाशक निर्मल कुमार कर्ण, साहित्यकार प्रा. डा. अभि सुवेदी, समालोचक तथा नेपालभाषा एकेडेमीका भाइस चान्सलर डा. पुष्पराज राजकणिर्कारलगायतले उपन्यासको साहित्यिक महत्व, अनुवादको आवश्यकता तथा नेपालभाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारबारे धारणा राखेका थिए। अंग्रेजी संस्करण प्रकाशनसँगै ‘सेप्टेम्बर १७’ अब विश्वभरका अंग्रेजी भाषी पाठकसम्म पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij