Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

मदन पुरस्कार–२०८२ का उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कार–२०८२ का उत्कृष्ट १० कृति सार्वजनिक

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः६ षष्ठी ९४ साउन, २०८३, २० जुलाई, २०२६० सोमबार, बाँपिझ्याला ।  मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ। यस वर्ष विभिन्न विधाका २९८ पुस्तक पुरस्कारका लागि आवेदन परेका थिए।

उत्कृष्ट १० कृतिमा अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिमौनगढको सिमानाको इतिहास (रोशनकुमार झा), नेपाल समुदायका परम्परागत मृत्युगीत (वीणा जोशी (राजभण्डारी)), परिधि (उमा सुवेदी), महायुग (सीमा आभास), सलह (श्रवण मुकारुङ), स्वप्नस्पर्श (डा. नवराज केसी) र हिउँद (नदीशा) मनोनयनमा परेका छन्।

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यी १० कृतिमध्येबाट यस वर्षको मदन पुरस्कार विजेता छनोट गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार