नेपाल सम्वत् ११४६, अनलाथ्वः २ द्वितिया (४ जेष्ठ, २०८३, १८ मे, २०२६) सोमबार, बाँपिझ्याला । नेपालको परम्परागत नृत्य संस्कृतिको संरक्षण र अनुसन्धानमा जीवन समर्पित नृत्यकलाविद् वीणा जोशी (राजभण्डारी) द्वारा लेखिएको “नेवा: समुदायका परम्परागत मुकुण्डोनाच” नामक ग्रन्थ राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। झन्डै ५० वर्षको अध्ययनपछि तयार गरिएको यो ग्रन्थले नेवार समुदायका परम्परागत नृत्य संस्कृतिको विस्तृत दस्तावेज प्रस्तुत गरेको छ।
८१ वर्षीया जोशीले २०२६ सालतिर अनुसन्धान सुरु गरी तयार पारेको यो ग्रन्थ १७ खण्डमा विभाजित छ, जसमा मुकुण्डोनाच, चर्या नृत्य, कार्तिक नाच, गथु प्याखँ, देवी नाच, महाकाली नाच, भैरव नाच लगायत विभिन्न सांस्कृतिक नृत्य परम्पराको गहिरो अध्ययन समेटिएको छ। पुस्तकमा भक्तपुर, ललितपुर, काठमाडौं तथा अन्य क्षेत्रका नृत्य परम्पराहरूको पनि विस्तृत विवरण समावेश गरिएको छ।
यल नेवा: समाजद्वारा आयोजित कार्यक्रममा लेखककी १०० वर्षीया आमा गङ्गादेवी राजभण्डारी र विभिन्न परम्परागत नृत्यका १५ जना गुरुहरूको उपस्थितिमा पुस्तकको लोकार्पण गरिएको थियो। कार्यक्रममा सहभागी संस्कृतिविद् तथा नृत्यगुरुहरूले लेखिकाको लामो अनुसन्धान र समर्पणको प्रशंसा गरेका थिए।
लेखिका जोशीले नेवार समुदायको नृत्य परम्परा केवल मनोरञ्जन नभई धर्म, संस्कृति, आस्था र इतिहासको जीवित दस्तावेज भएको उल्लेख गर्दै यसको संरक्षण र अध्ययन आवश्यक रहेको बताउनुभयो। उहाँले नयाँ पुस्तालाई सांस्कृतिक अनुसन्धानमा सक्रिय हुन पनि आग्रह गर्नुभयो।
यो ग्रन्थलाई नेवार समुदायको परम्परागत मुकुण्डोनाच तथा अन्य नृत्य संस्कृतिको संरक्षण र दस्तावेजीकरणमा महत्वपूर्ण योगदानका रूपमा लिइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij