Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

काक्रा र फर्सि

काक्रा र फर्सि

गाउँको पर्यटकीय क्षेत्रमा चलचित्र छायांकनको लागि केही कलाकारहरू  आएका  थिए ।  डाँडामा  चलचित्र  छायांकनको सुरसार  भई  राख्दा  छायांकन  हेर्न  स्थानियको पनि वाक्लै उपस्थिति रह्यो । छायांकन  हुँदै जाँदा सहायक हिरो र सहायक  फाईटर (लडाकु)को आवश्यक पर्याे। एउटै छोटो सिनको लागि भनेर  चलचित्र  टोलिमा  ती  दुई  कलाकार  लगिएको थिएन स्थानि  स्तरबाटै  सहभागी गराउने भनेर ।  स्थानिय स्तरमा  सहायक नायक र सहायक  लडाकु  (फाईटर)  को  खोजि  गर्ने  क्रममा   स्थानीय   काक्रा   र  फर्सिले  पनि  चलचित्रमा   खेल्न  ईच्छा जाहेर गर्याे । काक्राले अवसर पायो  तर  फर्सिले  अवसर पाएन । फर्सिले  चलचित्र  निर्देशक  संग  आफु  चलचित्रमा  खेल्न नपाउनुको कारण सोध्यो । 

निर्देशकले जवाफमा “हाम्रो  चलचित्रमा नायीका अग्लो छे सहायक नायक होचो याने डल्लो राख्दा  सुहाउदैन  र सहायक फाईटर , पनि होचो  राखे नायीकालाई  जवरजस्ती बोकेर लान पनि  सक्दैन  र  नायक  संग  लडाई  पनि  गर्न  सक्दैन   तेसैले चलचित्रमा  सहभागी  गराउन  सकिएन । तपाईहरू जस्तालाई हास्य  कलाकारमा  सुहाउँछ  तर यहाँ हाम्रो हास्य  कलाकारको छायांकन हुदैन ।”

निर्देशकको  कुरा  सुनेर  फर्सिलाई आफु प्रतिभावान भएर पनि  डल्लो  भएको  कारण  अवसर  नपाएकोमा  पिर गरि घर फर्कियो । रातीको  खाना  खाएर  सुत्यो  तर  निन्द्रा अवेर सम्म लागेन । उनले  अनेक  कुरा मनमा  खेलायो । आफु  लामो हुने अनेक उपाय सोच्यो। उपाय सोच्दा सोच्दै कतिखेर निदायो पत्तै भएन । फर्सिले  निन्द्रामा  सपना  देख्यो  ।  सपनामा  संसारमा नाम चलेको  महान  वैज्ञानिक  आफु  सामु  उभिएको  देखेर फर्सिले वैज्ञानिकलाई भन्यो ।

फर्सिले  वैज्ञानिकलाई अनुरोध गर्दै  भन्यो  “वैज्ञानिक महोदय आफु प्रतिभावान भएर पनि  चलचित्रमा  सहभागी हुन पाईएन , डल्लो  हुनु  त  अभिशाप नै  रहेछ । लाम्चो हुने  केही  उपाय  छ  कि हजुर ।”
वैज्ञानिकले  फर्सिलाई  सात्वना  दिदै  भन्यो  “  हेर आफु डल्लो  भएकोमा  चिन्ता  नगर, सवै अग्लाले डल्लोले गर्ने काम गर्न सक्दैन,  डल्लोको  आफ्नै  विशेषता  छ । आफु  जस्तो छ तेसैमा  गौरव  गर । 

तर अफसोच तिमिलाई ममा अग्लो (लामो) वनाउन  सक्ने  उपाय  छैन,  उपाय  त अहिले   लाम्चो  मात्र हैन विभिन्न आकारको भाँडा  (साचो)   मा  हालेर  पनि  पार्न  सकिन्छ  तर  तिमी  धेरै  कमजोर  रोगी  हुन्छौ  ।  बरू  तिमिले चाहन्छौ  भने  तिम्रा सन्तनलाई  लामो  हुने  गरि जन्म गराउने उपाय भन्न सक्छु, भनुँ उपाय ?” 

फर्सिले  खुसी  हुँदै  “लौ न  वैज्ञानिक  हजुर  के  छ  तेस्तो लामो हुने उपाय ?”
वैज्ञानिकले फर्सिलाई उपाय  सुनाउदै भने “ हेर तिमी कृषि केन्द्रमा  जाउ  त्याहा  हाईव्रीड  नामको  औषधी  पाईन्छ ञ्त्यो औषधी  खाऊ  तिम्रो  सन्तान अग्लो  लामो  हुन्छ  ।“  मात्र  के भनेको  थियो फर्सी  झल्यास्स  विउझियो । विहान भई सकेको रहेछ ।
फर्सिले  विहानको खाना  खायो, कृषि   केन्द्रमा   गयो   र हाईब्रिड  नामक  औषधी  ल्याएर  खायो  । उनको   हुनेवाला सन्तान  कांक्रा  लौका जस्तै लामो अग्लो जन्मियो त्यस  दिन  देखि  फर्सिले  आनन्दको  सास फेर्याे । काक्रो डल्लो हुन नसक्ने  तर  आफ्नो  शन्तान  अग्लो पनि हुने डल्लो पनि दुवै हुन सक्ने भएकोमा गर्भ महसुस गर्याे । 


अधिवक्ता, श्यामकृष्ण मास्के 
बाँपीझ्याला ।
भी.न.पा.–२,  दोलखा

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार