Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

अनिल अधिकारीको नयाँ गीत ‘कस्ले भनेको’ सार्वजनिक

अनिल अधिकारीको नयाँ गीत ‘कस्ले भनेको’ सार्वजनिक

नेपाल सम्वत् ११४६, कछलागाः १, प्रतिपदा (२० कार्तिक, २०८२, ६ नोभेम्वर, २०२५) बिहीबार, बाँपिझ्याला । बहुप्रतिभाशाली सर्जक तथा संगीतकार अनिल अधिकारीको शब्द र संगीतमा तयार भएको नयाँ गीत ‘कस्ले भनेको’ सार्वजनिक भएको छ।

यस गीतमा अधिकारी स्वयं र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। यो गीत स्वयं संगीतकारको ‘अनिल अधिकारी’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। 

गीतमा सकारात्मक ऊर्जा, हाँसो र जीवनका रंगहरूलाई उत्साहपूर्ण ढंगले प्रस्तुत गरिएको छ। सारित राईले गीतको एरेञ्ज गरेका छन् भने भिडिओको निर्देशन चर्चित निर्देशक नवेश खड्काले गरेका हुन्।

भिडिओको छायांकन (डिओपी) उद्धव दाहालले गरेका छन्। गीतको अभिनयमा पछिल्लो समय चलचित्रमा समेत काम गरेकी अभिनेत्री सनिसा भट्टराईलाई आशिर्वाद क्षेत्री र अनिल अधिकारीले साथ दिएका छन् । 

गीतको भिडियोमा नेवारी संस्कृति र आर्किटेक्चर समेत देखाइएको छ। 

यसअघि उनका ‘साझको बतासले’, ‘सम्झ त्यो दिन’ लगायतका गित सार्वजनिक भइसकेका छन् । उनका यी गीतहरुलाई दर्शकहरुले अत्याधिक मन पराएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार