Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

दोलखामा समाजसेवी प्रधानध्यापक जोशीलाई आज सम्मानपूर्वक विदाई

दोलखामा समाजसेवी प्रधानध्यापक जोशीलाई आज सम्मानपूर्वक विदाई

नेपाल सम्वत् ११४६, थिंलागाः ८ अष्ठमी (२६ मंसिर, २०८२, १२ डिसेम्वर, २०२५) शुक्रबार, बाँपिझ्याला । तिखातल प्राथमिक विद्यालयका प्रधानाध्यापक तिर्थबहादुर जोशीलाई स्कुलको तर्फबाट आज औपचारीक सम्मान सहीत विदा गरिएको छ । 

भीमेश्वर नगरपालीका वडा नं. २ डोकुलुङा निवासी समाजसेवी शिक्षक तिर्थबहादुर जोशी तिखातलमा बस्दै आउनु भएको थियो । वि.सं. २०५० साल असोज ३ गतेदेखि २०८२ साल कात्तिक १७ गतेसम्म ३२ वर्ष अनवरत रूपमा विद्यालय र विद्यार्थीको शैक्षिक उन्नतीमा सहयोग प्र¥याउनुका साथै आफ्नो सेवाबाट  सेवानिवृत्त हुनु भएकोमा आफ्नो जीवनमा आगामी कुसल मंगलको कामना गदै स्कुलको तर्फ सम्मान सहीत विदाई गरिएको हो ।

भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष, पूर्व व्यवस्थापन समिती अध्यक्ष समाजका लब्ध प्रतिष्ठीत युवा तथा जेष्ठ नागरिकहरुको उपस्थीती हुनुका साथै स्थानिय वासिन्दाहरुको व्यापक सहभागीता रहेको थियो ।

विद्यालयको तर्फबाट विदाई होईन सम्मान तथा भावनात्मक कृतज्ञता गरेको हो भनी प्रधानध्यापक भवानी खड्का गौतमले बताउनु भयो । यसै गरी तपाईको वर्षौको समर्पण, माया र विद्यालयप्रतिको अथाह जिम्मेवारी सम्झँदा मन धेरै नै भावुक रहेको भन्ने भनाई प्रधानध्यापक भवानीको रहेको छ । 

प्रधानध्यापक भवानी खड्का अगाडी भन्नु हुन्छ, विद्यालयलाई अझ उचाइमा पू¥याउन उहाँले गर्नु भएको योगदानहरू हाम्रो स्मृतिमा सदैँव जीवित रहनेछन् । तपाईको सरल नेतृत्व, अनुशासन र विद्यार्थीप्रतिको समर्पण हामी सबैका लागि प्रेरणाको स्रोत बनेर रहनेछ ।

यसै अवसरमा, विद्यालयका विद्यार्थीलाई भीमकमबल फाउण्डेशनको तर्फबाट न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिदिनु भएकोमा आभार व्यक्त गर्नु हुदै विद्यार्थीको भविष्य र उनीहरूको मुस्कानप्रतिको तपाइहरूको अमूल्य योगदानको हामी सधैँ प्रशंसा गरीरहने छौ ।

tirtha-1.jpg
श्रीमान् श्रीमती तिर्थबहादुर जोशी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार