Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

नेपाल सम्वत् ११४६, चौलाथ्वः २ द्वितिया (६ चैत्र, २०८२, २० मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । गिरिजाप्रसाद कोइराला को १६औँ स्मृति दिवस आज नेपाली कांग्रेस र सम्बद्ध संस्थाले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १६औँ स्मृति दिवस मनाउँदै छन् ।

कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो । उनले नेपालमा १० वर्षसम्म चलेको जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै मुलुकलाई संघीय गणतन्त्र नेपाल स्थापना गर्ने ढोका खोलेका थिए ।


विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाले गरेका थिए ।

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए ।

फलस्वरूपः २०६३ बैशाख ११ गते ज्ञानेन्द्रले जनताको नासो जनताको हातमा सुम्पेको छु भनेर लोकतन्त्र फिर्ता गरेका थिए । 

गिरिजाबाबु प्रधानमन्त्री बनेपछि माओवादीसँग शान्ति सम्झौता भयो ।२०६४ चैत २८ मा संविधान सभाको निर्वाचन भयो र २०६५ जेठ १५ गते बसेको संसद बैठकले राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको घोषणा गर्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार