Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

‘मितज्यू’ को पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक

‘मितज्यू’ को पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक

नेपाल सम्वत् ११४६, चौलाथ्वः ६ षष्ठी (१० चैत्र, २०८२, २४ मार्च, २०२६) मंगलबार, बाँपिझ्याला । मितज्यू फिल्ममा समावेश पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको यस लोकलयको गीतमा गाउँले परिवेश र पहाडी जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

गीतको भिडिओमा तेरिया फौजा मगर केन्द्रमा देखिएकी छन् भने सौगात मल्ल को नृत्य पनि देख्न सकिन्छ। साथै दयाहाङ राई लगायत अन्य कलाकारहरूको समेत उपस्थितिले भिडिओलाई जीवन्त बनाएको छ। कोरियोग्राफी मिङ्मा डी. लेप्चाले गरेका हुन्।

गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राई को स्वर रहेको छ भने शब्द तथा संगीत मल्लकै हो। एरेन्ज श्यामश्वेत रसाइलीले गरेका छन्। 

निर्माता जनक घर्ती मगर का अनुसार फिल्मको कथाले मागेअनुसार नै गीत समावेश गरिएको हो। ग्रामीण परिवेशमा आधारित सामाजिक कथामा निर्माण भएको फिल्म अनिल बुढा मगर ले निर्देशन गरेका हुन्।

‘मितज्यू’ तेरिया फौजा मगर को डेब्यु फिल्म हो। उनी भारतको चर्चित रियालिटी शो Dance India Dance Little Masters सिजन ३ की विजेता बनेपछि अन्तर्राष्ट्रिय स्तरमै चर्चामा आएकी थिइन्।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिशिर बिशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ। फिल्म जेठ ८ गतेदेखि प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार