Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

मेटाले पहिलो पटक गुगललाई डिजिटल विज्ञापन आम्दानीमा उछिन्ने

मेटाले पहिलो पटक गुगललाई डिजिटल विज्ञापन आम्दानीमा उछिन्ने

नेपाल सम्वत् ११४६, चौलागाः १३ त्रयोदशी (२ बैशाख, २०८३, १५ अप्रिल, २०२६) बुधबार, बाँपिझ्याला । मेटा प्लेटफर्म ले २०२६ मा डिजिटल विज्ञापनबाट कमाउने आम्दानीमा गुगललाई पहिलो पटक उछिन्ने अनुमान गरिएको छ। अनुसन्धान अनुसार मेटा ले करिब २४३ अर्ब डलर कमाउनेछ भने गुगल को आम्दानी करिब २३९ अर्ब डलर हुने अपेक्षा गरिएको छ।

मेटा को यो वृद्धि यसको प्लेटफर्महरू फेसवुक र ईष्टाग्राममा बढ्दो प्रयोगकर्ता सक्रियता, एआई आधारित विज्ञापन प्रणाली र Reels जस्ता छोटो भिडियो फिचरको सफलतासँग जोडिएको छ। कम्पनीले आफ्नै इकोसिस्टमबाट विज्ञापनदातालाई राम्रो नतिजा दिन सकेको छ, जसले थप बजेट आकर्षित गरिरहेको छ।

अर्कोतर्फ गुगल अझै पनि सर्च र भिडियो विज्ञापनमा बलियो भए पनि प्रयोगकर्ताको ध्यान सामाजिक सञ्जालतर्फ सर्दा मेटा ले अग्रता लिन थालेको देखिन्छ। साथै अमाजोन पनि विज्ञापन बजारमा बलियो बन्दै गएको छ, जसले कुल प्रतिस्पर्धा केही ठूला कम्पनीहरूबीचमै सीमित बनाएको छ।

समग्रमा, डिजिटल विज्ञापन बजार अब प्रयोगकर्ता डेटा, एआई प्रविधि र ठूलो पहुँच भएका कम्पनीहरूको हातमा केन्द्रित हुँदै गएको स्पष्ट देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार