नेपाल सम्वत् ११४६, बछलागाः १३ त्रयोदशी (१ जेष्ठ, २०८३, १५ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको मूल्य लगातार बढ्दो क्रममा रहेको छ। आज डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ २०६ रुपैयाँ ६० पैसा खरिददर र २०७ रुपैयाँ ४१ पैसा बिक्रीदर कायम भएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।
त्यस्तै अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको मूल्य पनि सामान्य परिवर्तनसहित अद्यावधिक गरिएको छ। जापानी येन, चिनियाँ युआन, साउदी रियाल र कतारी रियाललगायत प्रमुख मुद्राको दर पनि सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। केन्द्रीय बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij