नेपाल सम्वत् ११४६, बछलागाः १३ त्रयोदशी (१ जेष्ठ, २०८३, १५ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । नवलपरासीका उखु किसानहरूले चिनी मिलबाट लामो समयदेखि भुक्तानी नपाउँदा ठूलो आर्थिक संकट भोग्नुपरेको छ। प्रतापपुर गाउँपालिका–९ का रामेश्वर कोइरीले ७ बिघामा उखु खेती गरी सुनवलस्थित लुम्बिनी चिनी मिललाई बिक्री गरेको उखुको सात दिनको मात्रै भुक्तानी पाएका छन्। बाँकी करिब ३ लाख रुपैयाँ अझै पाउन बाँकी रहेको उनले बताएका छन्।
उनले पाएको थोरै रकम ट्र्याक्टर भाडा, मलखाद र मजदुरको ज्यालामै सकिएको भन्दै घर चलाउनै समस्या भएको गुनासो गरेका छन्। यस्तै, अघिल्लो वर्ष अन्य मिललाई बिक्री गरेको उखुको करिब ४ लाख रुपैयाँ पनि अझै नपाएको उनको भनाइ छ।
प्रतापपुर गाउँपालिका–६ का युवराज अधिकारीले इन्दिरा सुगर मिलबाट करिब २७ लाख रुपैयाँ लिन बाँकी रहेको बताएका छन्। लामो समयसम्म भुक्तानी नपाएपछि उनले यस वर्ष उखु बागमती चिनी मिल र लुम्बिनी चिनी मिललाई बिक्री गरे पनि अझै करिब ३ लाख रुपैयाँ बाँकी रहेको छ।
त्यस्तै प्रतापपुर–४ का धनञ्जय कुसहवाले पनि लुम्बिनी चिनी मिलबाट करिब २ लाख ६० हजार रुपैयाँ लिन बाँकी रहेको बताएका छन्। उनले अघिल्लो वर्ष इन्दिरा सुगर मिलबाट ३५ लाख रुपैयाँभन्दा बढी नपाएको गुनासो गरेका छन्। बन्द भइसकेको मिलबाट रकम उठाउनेबारे अनिश्चितता बढ्दै गएको किसानहरूको भनाइ छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij