नेपाल सम्वत् ११४६, यंलागाः ४, चौथी (१४ असोज २०८३, ३० सेप्टेम्वर, २०२६) बुधबार बाँपिझ्याला । भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री तमन्ना भाटिया अभिनीत फिल्म **‘द भ्वान–फोर्स अफ द फरेस्ट’**ले प्रदर्शनको पाँच दिनमा विश्वभर ५७ करोड ९५ लाख भारू कमाइ गरेको छ।
स्याकनिल्कका अनुसार फिल्मले प्रदर्शनको पाँचौँ दिन अर्थात् मंगलबार भारतमा नेट ६ करोड भारू कमाएको छ। यससँगै भारतमा फिल्मको कुल नेट कमाइ ४४ करोड ८५ लाख भारू पुगेको छ भने ग्रस कमाइ ५३ करोड ४५ लाख भारू पुगेको छ।
भारतबाहिर फिल्मले पाँचौँ दिन ५० लाख भारू कमाएको बताइएको छ। यससँगै विदेशमा फिल्मको कुल कमाइ ४ करोड ५० लाख भारू पुगेको छ। भारत र विदेशको कमाइ जोड्दा फिल्मको विश्वव्यापी कुल कमाइ ५७ करोड ९५ लाख भारू पुगेको हो।
फिल्मले पहिलो दिन भारतमा ८ करोड, दोस्रो दिन ११ करोड २५ लाख र तेस्रो दिन १४ करोड ३५ लाख भारू कमाएको थियो। चौथो दिन भने कमाइ घटेर ५ करोड २५ लाख भारूमा सीमित भएको थियो। पाँचौँ दिन फिल्मको कमाइमा करिब १४.३ प्रतिशत वृद्धि भएको स्याकनिल्कको तथ्यांकमा उल्लेख छ।
दीपक कुमार मिश्र निर्देशित फिल्ममा सिद्धार्थ मल्होत्रा र तमन्ना भाटियासँगै सुनील ग्रोवर, मनीष पल, श्वेता तिवारी, अनुप सोनीलगायत कलाकारको अभिनय छ।
‘द भ्वान–फोर्स अफ द फरेस्ट’ सेप्टेम्बर २५ देखि प्रदर्शनमा आएको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij