Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार, डिजिटल पहुँच बढ्दै

दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार, डिजिटल पहुँच बढ्दै

नेपाल सम्वत् ११४६, अनलाथ्वः ३ तृर्तिया (५ जेष्ठ, २०८३, १९ मे, २०२६) मंगलबार, बाँपिझ्याला ।  सरकारको डिजिटल नेपाल अभियानअन्तर्गत देशका दुर्गम तथा हिमाली बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार तीव्र रूपमा भइरहेको छ । नेपाल टेलिकम ले हेलिकोप्टरमार्फत उपकरण ढुवानी गरेर समेत विकट क्षेत्रमा फोरजी र मोबाइल सेवा विस्तार गरिरहेको जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले डिजिटल विभेद घटाउन सेवा विस्तारलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

नेपाल टेलिकमका अनुसार डोल्पा, ताप्लेजुङ, सङ्खुवासभा, हुम्ला, मुगु, रसुवा, दोलखा लगायतका दुर्गम क्षेत्रमा फोरजी तथा मोबाइल सेवा विस्तार गरिएको छ । डोल्पाको लाहाँ, दुनै र थाला डाँडामा ३९०० मिटर उचाइसम्म फोरजी सेवा सञ्चालनमा आएको छ भने ताप्लेजुङको ओलाङचुङगोला, घुन्सा तथा पाथीभरा क्षेत्रमा पनि उच्च गतिको मोबाइल इन्टरनेट सेवा सुरु भएको छ ।

त्यस्तै सङ्खुवासभाको मकालु क्षेत्र र भोटखोला गाउँपालिकामा नयाँ टावर स्थापना गरी मोबाइल नेटवर्क विस्तार गरिएको छ । कतिपय स्थानमा विद्युत् नपुगेकाले सौर्य ऊर्जामार्फत सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

दुर्गम क्षेत्रमा फोरजी सेवा पुगेपछि अनलाइन कक्षा, डिजिटल भुक्तानी, सामाजिक सञ्जाल, इमेल तथा अन्य अनलाइन सेवा प्रयोग गर्न सहज हुने भएको छ । यसले शिक्षा, स्वास्थ्य, सुरक्षा, पर्यटन तथा स्थानीय विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 
 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार