Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

ऐतिहासिक सम्झौता लागू, भारतका उत्पादन अब बेलायतमा शून्य भन्सारमा

ऐतिहासिक सम्झौता लागू, भारतका उत्पादन अब बेलायतमा शून्य भन्सारमा

नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । भारत र बेलायतबीचको बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौता (एफटीए) आजदेखि औपचारिक रूपमा लागू भएको छ। सम्झौतासँगै भारतका ९९ प्रतिशत वस्तु बेलायती बजारमा शून्य भन्सारमा निर्यात हुनेछन् भने बेलायतका अधिकांश वस्तु भारतमा न्यून भन्सार दरमा आयात हुनेछन्।

सम्झौताले भारतीय कपडा, औषधि, कृषि उत्पादन, रत्न–आभूषण, इन्जिनियरिङ सामग्री तथा अटो पार्ट्स उद्योगलाई ठूलो लाभ पुग्ने अपेक्षा गरिएको छ। यस्तै, भारतमा स्कच व्हिस्की, जिन, लक्जरी कार, ब्रान्डेड कपडा र कस्मेटिक्सको मूल्य घट्ने विश्वास गरिएको छ।

दुवै देशले सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर बनाउँदै १२० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएका छन्। साथै, सम्झौताले लगानी, रोजगारी र व्यापार विस्तारमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार