Aug 12 2026 | २०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, बिछोड र संघर्षको भावुक कथा पर्दामा

‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, बिछोड र संघर्षको भावुक कथा पर्दामा

नेपाल सम्वत् ११४६, दिल्लागाः ३ तृर्तिया (१६ साउन, २०८४, १ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लज्जावती’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले साउन १५ गते काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि औपचारिक रूपमा घोषणा गरेको हो।

सार्वजनिक ट्रेलरमा प्रेम, विश्वास, धोका, बिछोड र त्यसपछि जीवनमा आइपर्ने संघर्ष तथा भावनात्मक उतारचढावलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। प्रेम सम्बन्धका विभिन्न आयामसँगै पारिवारिक सम्बन्ध, मित्रता, सामाजिक दबाब र अभावले मानिसको जीवनमा पार्ने प्रभावलाई ट्रेलरले जीवन्त ढंगले देखाएको छ।

चलचित्रमा मुकुन भुसाल र जानुका विश्वकर्मा मुख्य प्रेमिल जोडीका रूपमा देखिएका छन् भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को जोडीको भूमिकामा प्रस्तुत भएका छन्। उनीहरूको सम्बन्ध समयसँगै विभिन्न चुनौती र परिस्थितिबीच कसरी परीक्षामा पर्छ भन्ने कथावस्तुलाई ट्रेलरले संकेत गरेको छ।

चलचित्रका निर्देशक राजबहादुर सानेका अनुसार ‘लज्जावती’ प्रेमिल जोडीको जीवनमा आउने सुख–दुःख, संघर्ष, सामाजिक यथार्थ र भावनात्मक यात्रामा आधारित चलचित्र हो। उहाँले दर्शकले चलचित्रमा आफूलाई नजिकबाट महसुस गर्न सक्ने कथा र पात्रहरू पाउने विश्वास व्यक्त गर्नुभएको छ।

चलचित्रमा केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

भावनात्मक प्रेमकथा र सामाजिक यथार्थलाई समेटिएको ‘लज्जावती’ ले दर्शकमाझ कस्तो प्रतिक्रिया पाउँछ भन्ने प्रतीक्षा अब साउन २९ गतेसम्म रहनेछ।

 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार