नेपाल सम्वत् ११४६, दिल्लागाः ८ अष्ठमी (२१ साउन, २०८४, ६ अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । दोलखा जिल्लाको विगु गाउँपालिका–८, खोपाचागुमा लैंगिक हिंसा तथा मानसिक स्वास्थ्यसम्बन्धी दुईदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साउन १९ र २० गते सञ्चालन भएको उक्त तालिम ग्रामीण विकास टुकी संघ र सिविन नेपालको साझेदारीमा सञ्चालित महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान (ओसेलिप) परियोजना अन्तर्गत आयोजना गरिएको हो।
तालिममा विगु गाउँपालिका–८ का स्वास्थ्य आमा समूहका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका तथा परियोजनाका कर्मचारी गरी २६ जना महिला र ३ जना पुरुषसहित कुल २९ जनाको सहभागिता रहेको थियो।
तालिमको उद्घाटन गर्दै ग्रामीण विकास टुकी संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले समुदायमा बढ्दो लैंगिक हिंसा न्यूनीकरण गर्न तथा मानसिक स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले सहभागीले तालिमबाट प्राप्त ज्ञानलाई समुदायसम्म पुर्याई सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
तालिमको सहजीकरण सिविन नेपालका परियोजना व्यवस्थापक भगवती श्रेष्ठले गर्नुभएको थियो। उहाँले लैंगिक हिंसाका विभिन्न स्वरूप, हिंसाले व्यक्ति र समाजमा पार्ने प्रभाव, मानसिक स्वास्थ्यको महत्त्व, मानसिक समस्या पहिचान तथा समाधानका व्यावहारिक उपायका विषयमा सहभागीहरूसँग अन्तरक्रियात्मक छलफल गर्नुभएको थियो।
आयोजकका अनुसार तालिमले समुदायस्तरमा लैंगिक हिंसा रोकथाम, मानसिक स्वास्थ्यप्रति सकारात्मक सोचको विकास तथा आवश्यक परामर्श र सहयोगका लागि स्थानीय तहमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij