Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

‘गुराँस फुल्दा बनै घमाइलो’को रि–क्रिएसन सार्वजनिक

‘गुराँस फुल्दा बनै घमाइलो’को रि–क्रिएसन सार्वजनिक

नेपाल सम्वत् ११४६, दिल्लागाः १४ चर्तुदशी (२६ साउन, २०८३, ११ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । दुई दशकअघि चर्चित बनेको गीत ‘गुराँस फुल्दा बनै घमाइलो’ को रि–क्रिएसन संस्करण युट्युबमा सार्वजनिक गरिएको छ।

प्रदर्शनको तयारीमा रहेको फिल्म **‘मास्टर्नी’**ले भुवन केसी र सुस्मिता केसी अभिनीत फिल्म **‘सुपरस्टार’**मा समावेश उक्त चर्चित गीतलाई पुनःसिर्जना गर्दै दर्शकमाझ ल्याएको हो।

मौलिक गीतमा सचिन सिंहको संगीत, साधना सरगमको स्वर तथा दयाराम दाहालको शब्द रहेको छ। रि–क्रिएसन संस्करणमा भने बसन्त सापकोटाले संगीत दिएका छन्।

मौलिक गीतको भिडियोमा सुस्मिता केसीको अभिनय रहेको थियो भने नयाँ संस्करणमा प्रियंका कार्की र वर्षा राउत फिचर्ड छन्। गीतको नृत्य निर्देशन गम्भीर विष्टले गरेका छन्। प्रियंका कार्की फिल्मकी निर्मात्री तथा अभिनेत्रीसमेत हुन्।

सुवेन्दु घोष निर्देशित ‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार