Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

पूजा चोपडाको नेपाल भ्रमण : पशुपतिनाथ दर्शनदेखि मोडल वाचसम्म

पूजा चोपडाको नेपाल भ्रमण : पशुपतिनाथ दर्शनदेखि मोडल वाचसम्म

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ७ सप्तमी (३ भाद्र २०८३, १९ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । बलिउड अभिनेत्री तथा पूर्वमिस इन्डिया पूजा चोपडा केही दिनअघि नेपाल भ्रमणमा आएकी थिइन्। एक कार्यक्रमका लागि काठमाडौं आएकी उनले भ्रमणका क्रममा प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथ मन्दिरको दर्शनसमेत गरेकी छन्।

नेपाल भ्रमण सकेर भारत फर्किनुअघि चोपडाले अनलाइनखबरसँग कुराकानी गर्दै नेपाल भ्रमणको अनुभव साझा गरेकी थिइन्। उनले ‘मोडल वाच’का लागि आकर्षक फोटोसुटसमेत गराएकी थिइन्।

सन् २००९ मा मिस इन्डियाको ताज पहिरिएकी चोपडाले त्यसपछि अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन्। कोलकातामा जन्मिएर पुणेमा हुर्किएकी उनी मिस वर्ल्ड प्रतियोगितामा ‘ब्युटी विथ अ पर्पस’ विधा जित्ने पहिलो भारतीय सुन्दरीसमेत हुन्। वञ्चित समुदायका बालिकाको शिक्षामा सहयोग गर्ने ‘नन्ही कली’ परियोजनामा गरेको योगदानका लागि उनले उक्त सम्मान प्राप्त गरेकी थिइन्।

सौन्दर्य प्रतियोगिताबाट अभिनयमा प्रवेश गरेकी चोपडाले सन् २०११ मा तमिल फिल्म **‘पोन्नर शंकर’**बाट फिल्मी यात्रा सुरु गरेकी हुन्। बलिउडमा भने **‘कमान्डो : अ वन म्यान आर्मी’**बाट प्रमुख अभिनेत्रीका रूपमा उनले चर्चा कमाइन्।

त्यसपछि चोपडा ‘ऐयारी’, ‘बब्लु ब्याचलर’ र ‘जहाँ चार यार’ लगायतका फिल्ममा देखिएकी छन्।

नेपाल भ्रमणका क्रममा पशुपतिनाथ दर्शन गरेकी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार