Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

सात वर्षपछि भारत पुगे चिनियाँ राष्ट्रपति सी, मोदीसँग द्विपक्षीय वार्ता हुँदै

सात वर्षपछि भारत पुगे चिनियाँ राष्ट्रपति सी, मोदीसँग द्विपक्षीय वार्ता हुँदै

नेपाल सम्वत् ११४६, यंलाथ्वः १, प्रतिपदा (२७ भाद्र २०८३, १२ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार भारतको नयाँ दिल्ली पुग्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुग्नुभएका राष्ट्रपति सीले सम्मेलनका क्रममा मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

करिब सात वर्षपछि हुन लागेको राष्ट्रपति सीको भारत भ्रमणलाई चीन–भारत सम्बन्ध सुधारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। दुई नेताबीच हुने वार्तामा सीमा विवाद, द्विपक्षीय सम्बन्धलाई थप सुधार गर्ने उपाय तथा आपसी हितका अन्य महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

चिनियाँ विदेश मन्त्रालयले चीन संवाद विस्तार गर्न, सहयोगलाई बलियो बनाउन तथा दुई देशबीच रहेका मतभेदलाई उचित ढङ्गले व्यवस्थापन र समाधान गर्न तयार रहेको जनाएको छ।

राष्ट्रपति सीको भ्रमणले लामो समयदेखि तनावपूर्ण रहँदै आएको चीन–भारत सम्बन्धमा संवाद र सहकार्यको नयाँ वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार