नेपाल सम्वत् ११४६, यंलाथ्वः ४, चौथी (३० भाद्र २०८३, १५ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । काठमाडौं महानगरपालिकाले काठमाडौँ उपत्यकामा सञ्चालन गर्न लागिएको रात्रिकालीन बस सेवामा अन्तरनगर सहकार्यका लागि पहल थालेको छ।
रात्रिकालीन यातायात सेवा सञ्चालनका लागि अन्तरनगर सहकार्य, समन्वय र साझेदारीको प्रस्ताव लिएर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका पुग्नुभएको हो।
छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापती तथा उपप्रमुख रजनी जोशीसँग भेटेर रात्रिकालीन बस सेवा सञ्चालनका विषयमा छलफल गर्नुभएको थियो। त्यसपछि उहाँले मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसँग पनि छलफल गर्नुभएको छ।
छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, निर्देशक वसन्त आचार्य, साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेल र कार्यकारी निर्देशक भूपेन्द्र अर्याललगायत सहभागी हुनुहुन्थ्यो।
काठमाडौँ उपत्यकामा आगामी असोज ३ गतेदेखि २८ वटा रात्रिकालीन बसले ६ वटा नयाँ रुटमा सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। रातको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गर्दै यात्रुलाई सुरक्षित र सहज आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ।
रात्रिकालीन बसका रुट भक्तपुर तथा मध्यपुर थिमी क्षेत्रसँग समेत जोडिने भएकाले सेवा प्रभावकारी बनाउन सम्बन्धित नगरपालिकाबीच सहकार्य र समन्वय आवश्यक रहेको महानगरपालिकाले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij