नेपाल सम्वत् ११४६, यंलागाः १४, चर्तुदशी (२३ असोज २०८३, ९ अक्टोबार, २०२६) शुक्रबार, बाँपिझ्याला । देशका विभिन्न स्थानमा आज (शुक्रबार) मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ।
महाशाखाले शुक्रबार बिहान ६ः१५ बजे जारी गरेको मौसम विवरणअनुसार पछिल्लो १२ घण्टामा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। ती भूभागका केही स्थानमा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी मधेस, कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।
त्यस्तै, कोसी प्रदेशको तराई भूभागका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
राति कोसी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्हरूले २४ घण्टामा पर्ने वर्षाको परिमाणका आधारमा वर्षालाई विभिन्न वर्गमा विभाजन गर्छन्।
मौसम पूर्वानुमानमा प्रयोग हुने ‘एक–दुई स्थान’, ‘थोरै स्थान’, ‘केही स्थान’, ‘धेरै स्थान’ र ‘अधिकांश स्थान’ जस्ता शब्दले वर्षा हुन सक्ने भौगोलिक क्षेत्रको अनुमानित अनुपात जनाउँछन्।
मौसमविद्का अनुसार यसको वर्गीकरण यस प्रकार छ:
आज विभिन्न प्रदेशमा चट्याङ, हावाहुरी, असिना र भारी वर्षाको समेत सम्भावना रहेकाले मौसमको अद्यावधिक सूचना लिएर मात्र यात्रा तथा बाहिरी गतिविधि सञ्चालन गर्नुपर्ने देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij