Nov 15 2026 | २०८३, कार्तिक २९, गते

Nov 15 2026 | २०८३, कार्तिक २९, गते

इनम सापकोटासँग जोडिएको समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

इनम सापकोटासँग जोडिएको समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

नेपाल सम्वत् ११४६, कौलागाः ३, द्वितिया (१२ कार्तिक २०८३, २९ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । प्रधानन्यायाधीश मनोजकुमार शर्माले इनम सापकोटाको मोबाइलमा भेटिएको भनिएको कारोबार विवरणसँग आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै त्यसमा कुनै सत्यता नभएको बताएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै शर्माले ‘दियोपोस्ट’ सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गरेका हुन्। उनले समाचारमा उल्लेख गरिएका व्यक्ति तथा प्रसङ्गसँग आफ्नो प्रत्यक्ष वा परोक्ष कुनै सम्बन्ध नरहेको, सम्बन्धित व्यक्तिहरूसँग चिनजान र सम्पर्कसमेत नभएको स्पष्ट पारेका छन्।

समाचारमा उल्लेख गरिएका कारोबारका मितिमा आफू प्रधानन्यायाधीशसमेत नभइसकेको अवस्था रहेको जनाउँदै शर्माले आधारहीन, झूटा र कपोलकल्पित समाचारले जनतामा भ्रम फैलाएको भन्दै भर्त्सना गरेका छन्।

प्रहरीले विचौलियाको आरोपमा पक्राउ गरी थुनामा राखेका इनम सापकोटाको मोबाइलमा नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा भएको भनिएको १ लाख ७४ हजार रुपैयाँको कारोबार विवरणमा मनोजकुमार शर्मा (चिफ जस्टिस), विश्व पोखरेल (ओखलढुंगा) र वंशी दाहालको नाम उल्लेख रहेको दाबी गर्दै दियोपोस्टले समाचार प्रकाशित गरेको थियो।

उक्त समाचारमा उल्लेखित कारोबार तथा व्यक्तिहरूसँग आफ्नो कुनै संलग्नता नरहेको प्रधानन्यायाधीश शर्माले स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार