नेपाल सम्वत् ११४६, कौलागाः ३, द्वितिया (१२ कार्तिक २०८३, २९ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको पहलमा ग्रिल व्यवसायी अजय दास थारु र सेवाग्राही सन्तोष राईबीच कामको दरभाउ तथा गुणस्तरलाई लिएर उत्पन्न विवाद समाधान भएको छ।
सेवाग्राही राईले आफू ठगिएको महसुस गर्दै गौशाला प्रहरी वृत्तमा निवेदन दिएपछि संघका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सम्बन्धित पक्षसँग समन्वय गरेका थिए।
संघका प्रतिनिधिहरूले कार्यस्थलको निरीक्षण तथा मूल्याङ्कन गर्नुका साथै दुवै पक्षसँग छलफल गरेका थिए। छलफलपछि बाँकी कामसमेत व्यवसायी थारुले नै सम्पन्न गर्ने सहमति जुटेसँगै विवाद समाधान भएको संघले जनाएको छ।
समस्या समाधानमा सहजीकरण गरिदिएको भन्दै सेवाग्राही राईले जिल्ला कार्यसमितिप्रति धन्यवाद व्यक्त गरेका छन्।
व्यवसायी तथा सेवाग्राहीबीच उत्पन्न हुने समस्यालाई आपसी समझदारी, संवाद र समन्वयमार्फत समाधान गर्दै व्यवसायीको हकहित संरक्षण तथा व्यावसायिक मर्यादा कायम राख्नु संघको प्रमुख उद्देश्य रहेको जनाइएको छ।
विवाद समाधानमा सहयोग गर्ने गौशाला प्रहरी वृत्तका प्रहरी अधिकारी, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य र सम्बन्धित दुवै पक्षलाई संघले धन्यवाद व्यक्त गरेको छ।
ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंले व्यवसायीको एकता, सहकार्य र समस्याको समाधानमा प्रतिबद्ध रहेको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij