Nov 15 2026 | २०८३, कार्तिक २९, गते

Nov 15 2026 | २०८३, कार्तिक २९, गते

६ निर्माण कम्पनी कालोसूचीमा, १ देखि ३ वर्षसम्म प्रतिबन्ध

६ निर्माण कम्पनी कालोसूचीमा, १ देखि ३ वर्षसम्म प्रतिबन्ध

नेपाल सम्वत् ११४६, कौलागाः ५, पञ्चमी (१३ कार्तिक २०८३, ३० अक्टोबार, २०२६) शुक्रवार, बाँपिझ्याला । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम समयमै सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।

कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गर्दै कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको छ।

कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

सम्झौताअनुसार जिम्मेवारी पूरा नगर्ने निर्माण कम्पनीमाथि गरिएको यस कारबाहीले सार्वजनिक निर्माण तथा खरिद प्रक्रियामा जवाफदेहिता बढाउन र समयमै काम सम्पन्न गर्ने वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

kalosuchi.jpg

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार