नेपाल सम्वत् ११४६, कौलागाः ७, सप्तमी (१५ कार्तिक २०८३, १ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । चक्रवात ‘अर्नब’को अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय प्रणाली कमजोर भएसँगै देशभरको मौसममा क्रमिक सुधार हुँदै जाने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र बाँकी रहेकाले मौसममा सुधार हुने देखिएको हो।
महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति पनि देशभर आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
तराई र उपत्यकामा हुस्सुको सम्भावना
महाशाखाका अनुसार तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु लाग्न सक्नेछ। हुस्सुका कारण दृश्यता कम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
चक्रवात ‘अर्नब’को प्रभाव कमजोर भएसँगै मौसममा क्रमिक सुधार हुने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुले मौसमको अवस्थाबारे जानकारी लिएर आवश्यक सावधानी अपनाउनुपर्नेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij