मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित छ जनाविरुद्ध नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर
नेपाल सम्वत् ११४७, कौलागाः ८, अष्ठमी (१६ कार्तिक २०८३, २ नोभेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित छ जनाविरुद्ध नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यमाथि पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको तथा सम्पत्ति शुद्धीकरणसमेतको कसुर गरेको आरोपमा सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त मुद्दामा आचार्यसँगै उनकी श्रीमती ललिता राजभण्डारी र छोरीहरू निलु आचार्य तथा सरु आचार्यलाई पनि प्रतिवादी बनाइएको छ।
त्यसैगरी, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, दिव्यश्वरी निवासी प्रभा बस्नेत र काठमाडौंको पेप्सीकोला–३२ निवासी कुमारी कटुवालविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको आयोगले जनाएको छ। उनीहरूविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको हो।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम प्रतिवादीहरूलाई सजाय गर्न मागदाबी लिँदै विशेष अदालतमा आरोपपत्र पेस गरेको जनाएको छ।
मुद्दा दायर भएसँगै अब विशेष अदालतबाट हुने न्यायिक प्रक्रियामार्फत आरोपको निरूपण हुनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij