Nov 15 2026 | २०८३, कार्तिक २९, गते

Nov 15 2026 | २०८३, कार्तिक २९, गते

बसुन्धारामा कारको ठक्करबाट दोलखाकी २७ वर्षीया युवतीको मृत्यु

बसुन्धारामा कारको ठक्करबाट दोलखाकी २७ वर्षीया युवतीको मृत्यु

नेपाल सम्वत् ११४७, कौलागाः १५, औसी (२३ कार्तिक २०८३, ९ नोभेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । काठमाडौंको बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार दोलखा घर भएकी एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा दोलखा घर भई हाल काठमाडौं महानगरपालिका–३ बस्ने अन्दाजी २७ वर्षीया ङबुदि शेर्पा रहेकी छन्।

प्रहरीका अनुसार धादिङ घर भई हाल काठमाडौंको बालुवाटार बस्ने शान्ताकुमारी तामाङले चलाएको बा.प्र.०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको सोमबहादुर थामीले चलाएको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटरमा सवार शेर्पा गम्भीर घाइते भएकी थिइन् भने चालक थामी सामान्य घाइते भएका थिए।

गम्भीर घाइते शेर्पाको उपचारका क्रममा आइतबार दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न कार चालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार