उपेन्द्र प्रधान
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको ऐतिहासिक एवं साँस्कृतीक शहर दोलखाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको पाउंछौं । किराँतकाल, लिच्छवीकाल देखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार र प्रसिद्ध श्री भीमसेन (भीमेश्वर) को मन्दिर, त्रिपुरासुन्दरी माई र बालकुमारी माई अवस्थित यस दोलखा शहर हाल आएर दोलखा साँस्कृतीक नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी नेवाः जातीको बसोबास रहेको यस साँस्कृतीक शहर दोलखामा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक द्वाल्खा नेवाः मातृभाषा प्रचलनमा रहेको छ । जुन द्वाल्खा नेवाः भाषा नेपाल राज्यकै नेवाःहरुको उद्गम र पुरानो भाषाको रुपमा स्थापित रहेको पाईन्छ ।

मल्लकालमा डेढ शय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास पूरा हुँदैन भन्ने प्रशिद्धता पाइएको छ । वि.सं. १५९१ देखि १६०५ सम्म तत्कालीन दोलखा शहरका राजा जयइन्द्रसिंह देवले हिन्दू राज्यकै सबभन्दा पहिलो पटक चाँदीको सिक्का निकाली आफ्नो शासनकालमा आफ्नो र रानी विजयालक्ष्मी महादेवी नामको टक छापी प्रचलनमा ल्याएका थिए ।

प्राकृतिक भरपुर मनोरम र रमणीय स्थानको हिसावले हेर्ने हो भने साँस्कृतीक शहर दोलखाको बस्तीको उत्तर अर्थात प्रख्यात भीमेश्वर मन्दिरबाट करिव १ किलो मिटरको उत्तरको धुरीमा रहेको मञ्जुश्री मन्दिरको बगैचाको रुपमा मञ्जुश्री पार्क रहेको छ ।


जहांबाट मनोरम प्राकृतिक दृश्यले सु–सज्जित स्थानहरुलाई चिर्दै कलकल सुमधुर आवाजमा आफ्नै ताल अनी सुरमा पूर्वबाट दक्षिण पश्चिम दिशामा बगिरहेको तामाकोशीको दृश्य हेर्न लायकको छ भने प्राकृतिक एवं धार्मिक थलो पर्यटकको स्वागतको लागि हाँसीरहेको गौरीशंकर हिमाल यहाँबाट सजिलै देख्न सकिन्छ ।



यस मन्दिर वरपर बनभोज स्थल बनाईएको छ । मञ्जुश्री पार्कलाई व्यवस्थीत गर्ने, मन्दिर र पार्कमा रहेको पुरातात्विक महत्वका सम्पदाहरुलाई पछिल्लो चरणमा भीमेश्वर नगरपालीकाले योजनावद्ध रुपमा बार्षिक बजेटमा संरक्षण र आन्तरीक, बाह्य पर्यटकहरुको मनोरञ्जनको लागि पार्क बनाउन लगानी गर्दै आएको छ ।



मञ्जुश्री डाँडालाई तिलिञ्चो डाँडा, दाँइ गर्ने डाँडा, सरस्वती मन्दिर डाँडाको नामले समेत प्रख्यात रहेको छ । मञ्जुश्री मन्दिर, यसको ऐतिहासिक महत्व र मञ्जुश्री पार्कको बारेमा यहाँ विश्लेषण गर्न खोजिएको छ ।
ऐतिहासिक एवं साँस्कृतीक शहर दोलखाको उत्तर स्थित रहेको यस मञ्जुश्री मन्दिरमा चार हात धारण गरेको सरस्वतीको मुर्ति रहेको छ । सरस्वतीको मुर्ति अगाडी दुई पाउको चिन्ह रहेको छ । मन्दिर खुल्ला अकाशमुनी रहेपनी ओत लाग्न सक्ने गरी पश्चिम मोहडा पारी यस सरस्वतीको मुर्तिलाई स्थापना गरेको छ । मन्दिर जमीनदेखि दुईतह माथी रहेको पाईन्छ । मन्दिर टाकुराको विचमा रहेको छ । यसै गरी मन्दिरको पश्चिमउत्तर दिशामा गणेश भगवान र कालिञ्चोक भगवतीको आकारविहिन मुर्तिहरु रहेका छन् । साधारण ढुंगाबाट बनेको यस मन्दिरलाई मन्नेश्वरी, मन्देश्वरी र मञ्जुश्री मन्दिरको नामले पनी प्रसिद्धता पाएको छ ।

मन्दिरको उत्तर दिशामा ठाडो पहरा, टाकुरा र जंगल रहेको छ । पश्चिमतर्फ सियउटाडा डाँडा र सदरमुकाम चरिकोट पर्दछ । यसै गरी पुर्वतर्फ कालिञ्चोक गाउँपालीकाको सुनखानी, सुन्द्रावती र शिव, पार्वतीको प्रतिक गौरीशंकर हिमाल देख्न सकिन्छ भने दक्षिण तर्फ पाखलती, डोक्छे, प्रशिद्ध दोलखा भीमेश्वर र आफ्नै सुर अनी तालमा बगिरहेको तामाकोशी देख्न सकिन्छ ।
सरस्वती मन्दिर, मञ्जृुश्री रहेको यस स्थानलाई तिलिञ्चो डाँडा पनी भनिन्छ । विद्या र वाणीकी देवी सरस्वतीको स्थापना यस स्थानमा कहिले र कसले स्थापना ग¥यौ भन्ने एकिन भने अहिलेसम्म गर्न सकिएको छैन । मन्दिरको मुख्य भागमा झट्ट हेर्दा मञ्जुश्रीको ढुंगे पादुका रहेको छ । ईतिहासमा उल्लेख भएनुसार धर्मश्रीमित्रले मञ्जुश्रीको अपमान गरेको कारण उनको दुवै आँखा मञ्जुश्रीको पादुकामा खसेको भन्ने मानिन्छ । यसै गरी यहाँ रहेको मञ्जुश्रीको पादुकामा पनि दुई आँखा रहेका छन् । यही कारण मञ्जुश्रीको प्रतिकको रुपमा दुई आँखा भएको पादुका बनाउने चलन काठमाण्डौंमा पनी रहेको पाईन्छ ।

तर यस बारेमा ईतिहास अनुसन्धानकर्ता एवं सामाजसेवी शान्तकृष्ण श्रेष्ठको भनाई अनुसार मञ्जुश्री चीनबाट नेपाल आउँदा यही बाटो भएर आएको र सम्झना स्वरुप दोलखामा मञ्जुश्रीको मन्दिर आज भन्दा ३५ हजार बर्ष अगाडी स्थापना गरेको भन्ने उल्लेख रहेको भनाई रहेको छ । यस भनाईलाई पुष्टी गर्न पादुकाले सहयोग पु¥याउँछ । तरपनी यसको बारेमा हाल पनी खोज अनुसन्धान भईरहेको छ ।
मन्दिरमा नित्यपूजा गर्ने चलन रहेको छैन । साथै श्रीपञ्चमी अर्थात सरस्वती पूजाका दिन विद्यार्थी र दोलखाका स्थानिय वासिन्दाहरु आई पूजा गरी बनभोज खाने परम्परा रहेको छ जुन हालसम्म पनी रही आएको छ ।
मञ्जुश्री मन्दिरको बगैचाको रुपमा रहेको पार्कलाई केहि वर्ष पहिले अभयपुर साँस्कृतीक परिवारको सक्रियता र अन्य सामाजिक संघ–संस्थाको सहयोग र स्थानिय वासिन्दाहरुको सहभागीतामा गोरेटो बाटोहरु बनाई पार्कको रुपमा विस्तार गरिएको थियो । त्यसै गरी जव स्थानिय निकायको निर्वाचन पछी स्थानिय सरकार आयो त्यसपछी भीमेश्वर नगरपालीका दोलखाले आफ्नो बार्षिक बजेटमा सम्पदा संरक्षण र पार्क निर्माणको लागि बजेट छुट्टाएर बर्षेनी बनाउदै आएको छ ।

अभयपुर साँस्कृतीक परिवारले आफ्नो पहलमा जुन सक्रियता देखायो त्यो बेलाको महत्वपूर्ण कार्यको रुपमा लिन सकिन्छ । यसै गरी पछिल्लो चरणमा भीमेश्वर नगरपालीकाले आफ्नो बार्षीक कार्य अन्तर्गत बजेट विनियोजन गरि बनाई आएको छ । यसलाई दोलखावासीले झन महत्वपूर्ण कार्यको रुपमा लिएका छन् ।
बस्ती भन्दा केही अग्लो स्थानमा रहेको यस मञ्जुश्री पार्क ऐतिहासिकतामा आफ्नै महत्व रहेको छ भने रमणीय मनोरमले थप आकर्षण रहेको भनाई स्थानिय वासिन्दाहरुको रहको छ । उकालो कट्दै गएपछी सल्लाघारीको फेदमा बस्दै सुसेल्दाको मज्जानै अक्कै हुन्छ जसले यतीवेला स्वर्गमा पो आईपुगेको छ की भन्ने भान हुन्छ । पुर्वमा हे¥यौ शितल गौरीशंकर हिमाल, दक्षिणमा हे¥यौ प्रशिद्ध भीमेश्वर मन्दिर, निर्मल निश्चल तामाकोशी नदी, पश्चिममा हे¥यौ सय थुम्का शैलुङ अनी सदरमुकाम चरिकोट, उत्तरमा हे¥यौ पहरा कन्दरा अनी मनोरम दृश्यले सु–सजित रंगी विरंगी फुलहरुले सू–सजित जंगल जस्को बयान गरेर साध्यनै छैन । त्यसै गरी घाटी अलि तन्काएर तल जंगल तिर हे¥यौ भने एैसेलुको झारी अनी सानो उपत्यका जस्तो चाथली जंगल यस भित्र देख्न सकिने जंगली जनावर र यसै गरी जंगल छेउमा बनेको थामी बस्तीले झन सुनमाथी सुगन्ध थपेको महशुष गर्न सकिन्छ । यसैगरी भर्खरमात्र बनेको सियउटाढा डाँडा र मञ्जुश्री पार्कलाई जोड्ने आकाशे झोलुङ्गे पुलले अर्को आकर्षण दिन सफल भएको छ । यस पुलमा गएर दोलखाका युवायुवतीहरुले टिकटक बनाउन समेत पछि परेका छैनन । यसै गरी मञ्जुश्री मन्दिर अर्थात पार्कबाट पालखती बसपार्क लगाएत दोलखाका ऐतिहासिक पुरानो वस्तीहरु छर्लङ्ग देख्न सकिन्छ, यो अर्को विशेषता रहेको हामीले पाउँछौं ।
पर्यटकहरुको लागि बनभोज गर्ने र बर्षायाममा बनभोज जादा पानी पर्दा बस्ने स्टलहरु यहाँको अर्को आकर्षण र विशेषताको रहेको छ । मञ्जुश्री मन्दिरको पूर्व, दक्षिण, पश्चिम र उत्तरमा विभिन्न प्रकारका आकर्षक स्टल र प्रतिक्षालयहरु बनाएको छ, जुन पर्यटकहरुको अर्को आकर्षक रहेको छ ।
यसरी भीमेश्वर नगरपालीका भित्र निर्माण गरिएको पार्कहरु मध्ये ऐतिहासिक एवं साँस्कृतकि शहर दोलखा नगरलाई पर्यटकिय नगरको रुपमा पनी विकास गर्दै चम्पूजा पार्क, मञ्जुश्री पार्क जस्ता पार्कहरुको निर्माण गर्न पाएकोमा भीमेश्वर नगरपालीकाका नगर प्रमुख भरत बहादुर केसी र उपप्रमुख कमला बस्नेतले खुसी व्यक्त गर्नु हुन्छ । साथै आगामी दिनमा दोलखाको अन्य पर्यटकिय क्षेत्रहरुको पहिचान गरी बनाउने भीमेश्वर नगरपालीकोको योजना रहेको समेत नगर प्रमुख भरत केसी बताउनु हुन्छ ।

यसै गरी पार्क निर्माण भए पश्चात हाल दोलखामा आउने आन्तरीक र बाह्य पर्यटकहरुको लागि बनभोज खान, घुम्न प्राकृतिक सौन्दर्यतामा रमाउन सहयोग पुगेको भीमेश्वर नगरपालीकाको वडाध्यक्ष विराजमान श्रेष्ठको भनाई रहेको छ । स्थानिय सरकारको बार्षिक बजेटमा निर्माण, सम्पन्न गरिएको उक्त पार्कहरुको संरक्षण र सन्र्दभन गरी आन्तरीक बाह्य पर्यटकहरुको आकर्षण बढाउने महत्वपूर्ण कार्यको लागि स्थानिय वासिन्दाहरुको विशेष जिम्मेवारी र दायित्व रहेकोले सोही अनुसार स्थानिय वासिन्दाहरु लागी सहयोग गर्नु पर्ने वडाध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
सन्दर्भ ग्रन्थ :
धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रुपरेखा –२०३१
यज्ञकुमार प्रधानद्वारा लिखित दोलखाको साँस्कृतीक सम्पदा –२०६१, २०७३
भीमेश्वर नगरपालीकाबाट प्रकाशित विकासमा भीमेश्वर जनप्रतिनिधी –३ बर्ष
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij