बाँपीझ्याल, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ तिखातलमा बिभिन्न संघ संस्था र स्थानिय वासिन्दाहरुको विशेष पहल र स्थानिय वासिन्दाहरुको सक्रियतामा “आकस्मिक स्वास्थ्य उपचार सापटी कोष” संचालनमा ल्याएको छ । उक्त कार्य संचालनको लागि तिन सदस्यीय संचालक समिति गठन गरिएको छ । साथै समितीलाई यस सम्वन्धी सम्पूर्ण जिम्मेवारी दिएर आकस्मिक कोष संचालनमा ल्याइएको छ भनी तिखातल टाईगर टिमका पुर्व अध्यक्ष एवं समाजसेवी राजु प्रधान श्रेष्ठले बताउनु भएको छ ।
कुने पनि वडा नंं. २ का स्थानिय वासिन्दा विरामी भई तत्काल अस्पताल जान र लैजान नगदको समस्या टार्न यो कोष संचालन गरिएको हो । यस कोष भीमेश्वर नगरपालीका वडा नं २ भित्र बसोवास गर्ने बासिन्दाहरुको लागि लक्षीत गरि संचालनमा ल्याएको छ । साथै यस सुविधा २४ घण्टा उपलब्ध हुने कुरा पनी थाहा हुन आएको छ ।
हाललाई यो कोषबाट रु.३० हजार र अर्को महिनाबाट रु. १ लाखसम्म सापट लिन सकिने छ भने छिटोमा १५ दिन र ढिलोमा १ महिना सम्मको लागि यो सुविधा प्रदान गर्ने र जुन सेवो आवस्यकता परेमा आजैदेखि कुनै एक संचालकलाई संम्पर्क गरि लिन सकिने छ भनी प्रधानले भन्नु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij