बाँपीझ्याला, काठमाडौँ । औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ । साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ । विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै आएको अविपत्तिकर चूर्ण र निर्मल चूर्ण नामक आयुर्वेदिक औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको हो ।
अविपत्तिकर चूर्णलाई गोर्खा आयुर्वेद कम्पनी र निर्मल चूर्णलाई भाष्कर हर्बस्युटिक्ल्सले उत्पादन गर्दै आएका छन् । दुवै कम्पनीले भारतको आयुर्वेदिक फार्माकोपिया, २०१६ मिचेको विभागको ठहर छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij