
बाँपीझ्याला, काठमाडौँ । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जानकारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको थियो ।

सत्ता साझेदार दल मध्येको एक राप्रपाले सरकारमा सहभागी हुन पुस २७ गते सार्बजनिक बिदा दिनुपर्ने अनिवार्य शर्त राखेको थियो । सत्ता साझेदार दलहरुले राप्रपाको माग पुरा गर्नेक्रममा सोमबार नै पुस २७ गते बिदा दिने निर्णय गरेका थिए । सोहि निर्णयलाई सोमबारको मन्त्रिपरिषद बैठकले पनि अनुमोदन गरेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij