
बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा तल्लो स्थित अवस्थित राजकुलेश्वर आधारभूत विद्यालय दोलखालाई समकालिन एकता समाज नेपालका अध्यक्ष एवं समाजसेवी सकुना श्रेष्ठले आफु र संस्थाको तर्फबाट रु. २५ हजार सहयोग प्रदान गरिएको छ ।
बार्षिक क्यालेन्डर अनुसार राजकुलेश्वर आधारभूत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई यही फागुण १८ गतेदेखि ३ तिनदिनसम्म दोलखाबाट उपत्यका स्थित काठमाण्डौं, ललितपुर र भक्तपुरमा भईरहेको विद्याथीहरुको शैक्षिक भ्रमणको बारेमा जानकारी प्राप्त भएकोले उक्त भ्रमणको लागि आवश्यक खर्चको लागि केही सहयोग पू¥याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो भनी अध्यक्ष सकुना श्रेष्ठले बताउनु भयो ।

यसभन्दा पहीले जाडो मौसममा विद्यार्थीहरुको लागि सुईटर, ज्याकेट लगायत न्यानो कपडा हस्तान्तरण गरिएको समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

शैक्षिक भ्रमणको सिलसिलामा हाम्रा विद्यालयका विधार्थीहरुको अध्ययन भ्रमणको क्रममा पहिलो दिनको दिउँसो विधार्थीहरुको अध्ययन भ्रमणको क्रममा पहिलो दिन सुकुटेमा मनोरञ्जन दिलाईएको थियो । यसै गरी नेपालकै ठूलो सुपर मार्केट भाट–भटेनी सुपर मार्केटमा अवलोकन गराई क्यु.एफ. एक्स सिनेमा घरमा नेपाली कथानक चलिचत्र फुलबारी हेराईएको थियो । जसको लागि व्यवस्थापनमा सहयोग केशव कार्कीले गर्नु भएको थियो ।
विद्यालयका विधार्थीहरुको अध्ययन भ्रमणको क्रममा पहिलो रातकोको बसाई त्रिसुली रिभरसाईट रेष्ट्रोमा बास गराई ¥याफ्टीङबाट मनोरञ्जन दिनुका साथै अवलोकन भ्रमणमा सरिक गराईएको थियो । यसरी पहिलो दिनदेखि तेश्रोदिनसम्ममा सिहंदरबार र यस भित्रका दरबारहरु अनी चन्द्र शम्सेरको निजी निवास, नेपाल टेलिभिजन लगायत प्रधानमन्त्रीको कार्यालय लगायत अन्य मन्त्रालयहरुको अवलोकन, यसै गरी पुल्चोक ईन्जिनिय कलेज, प्राध्यापक हरिदर्शन श्रेष्ठ, अमन श्रेष्ठ र साहित्यकार एवं समाजसेवी अमरकुमारसँगको भेटघाट एवं शुभकामना आदान प्रदान लगायतका कार्यक्रम सम्पन्न गरिएको थियो भनी स्कुलका प्रधानध्यापक प्रकाश दहालले बताउनु भयो ।

यसै गरी पूर्व प्रधानमन्त्री एवं नेकपा एसका उपाध्यक्ष झलनाथ खनालज्यूसँगको बिद्यार्थीहरुको भेटघाटले ऐतिहासिकता बन्न सफल बन्यो भनी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अजय प्रधानको भनाई रहेको छ । साथै यस कार्यको लागि आ–आफ्नो ठाउँबाट आर्थीक, नैतिक र भौतिक सहयोग गर्नु भई शैक्षिक भ्रमण सफल गर्न सहयोग पू¥याउने सम्पूर्णमा स्कुलको तर्फबाट हार्दीक आभार सहित नमन व्यक्त गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij