
बाँपीझ्याला, काठमाडौँ । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कोरोनाविरुद्धको खोपको तीनदिने बुस्टर डोज अभियान सम्पन्न भएको छ ।
गत आइतबारदेखि मंगलबारसम्म महानगरका ३२ वटै वडामा खोप अभियान सञ्चालन गरेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिककी इन्चार्ज सिर्जना खरेलले जानकारी दिइन् । कोरोनाविरुद्धको खोपको दुई मात्रा लगाएर बुस्टर डोज लगाउन छुटेकालाई अमेरिकाको फाइजर खोप लगाइएको उनले बताइन् ।

यसअघि कोभिशिल्ड वा भेरोसेल जुनसुकै खोप लगाएको भएपनि फाइजरको बुस्टर डोज लगाउन सकिने जनाइएको छ । यसका लागि अघिल्ला मात्रा खोप लगाइसकेको कार्ड अनिवार्य गरिएको छ भने खोप लगाएको अवधि ६ महिना पुगेको हुनुपर्नेछ ।
पहिलो र दोस्रो मात्रा लगाउनेको संख्या अत्यधिक भएपनि कोरोना संक्रमण कम भएसँगै बुस्टर डोज लगाउन आउनेको संख्या निकै कम देखिएकाले यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । अभियान सकिएपनि देशभरका अस्पतालबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सकिनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij