Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

तुलसीपुरमा गर्मी नघटेपछि फेरि तीन दिन विद्यालय बन्द

तुलसीपुरमा गर्मी नघटेपछि फेरि तीन दिन विद्यालय बन्द

४ असार, बाँपीझ्याला, काठमाण्डौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाले गर्मी नघटेपछि फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गरेको छ।

गर्मीकै कारण यसअघि असार १ गतेदेखि विद्यालय खोलिएको भए पनि फेरि आजदेखि लागू हुने गरी असार ६ गते खुल्ने गरी विद्यालय बन्द गरिएका छन्।

उपमहानगरको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले गर्मी नघटेपछि उपमहानगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए।

अत्यधिक गर्मीका कारण विद्यालयमा नियमित पठनपाठन गर्न कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने हुँदा वार्षिक बिदाबाट कट्टी हुने गरी तीन दिन बिदा दिएको उनले बताए।

तर, दादुरा– रूबेला विरूद्धको खोप सञ्चालन हुने विद्यालयहरूमा भने निर्धारित समयमा खोप सञ्चालन गर्न विद्यालय खोलेर सहयोग गर्न आग्रह पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार