
नेपाल सम्वत् ११४४ यंलागाः ७ (८ आश्विन , २०८१) मंगलबार, बाँपीझ्याला । रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १० का किसानलाई अनुदानमा आलुको बिउ वितरण गरिएको छ । कृषि विकास कार्यालय रुकुमपश्चिमले ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरेको हो । कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीका अनुसार गाउँमै गएर किसानलाई ९७.५ क्विन्टल आलुको बिउ वितरण गरिएको हो । चालु आर्थिक वर्ष ०८१÷०८२ मा कृषि विकास कार्यालयले यस वडामा आलु क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत किसानलाई आलुको बिउ उपलब्ध गराइएको हो ।
आलु खेती गर्ने क्षेत्र बढाएर उत्पादन समेत बढाउन यहाँका किसानलाई अनुदानमा बिउ वितरण गरिएको हो । किसानको मागको आधारमा बिउ खरिद गरेर डेजिरे जातको आलुको बिउ वितरण गरिएको हो । आलु उत्पादनमा वृद्धि गरेर निर्यात गर्ने र किसानको आर्थिक उपार्जनमा सहयोग पुग्ने लक्ष्य लिइएको निमित्त कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो।

मुसीकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धनबहादुर खड्काले अनुदानमा प्राप्त बिउ वडाका ७७ जना किसानले प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले आलु उत्पादनको प्रचुर सम्भावना रहेको यस वडाका किसानलाई व्यवसायिक रुपमा कृषि पेशामा लाग्न कृषि विकास कार्यालयले प्रेरित गरिरहेको बताउनुभयो । आलु लगाउने समयमा नै कार्यालयका गाउँका किसानलाई बिउ उपलब्ध गराएको वडा अध्यक्ष खड्काले जनाउनुभयो । यस स्थानमा सुन्तला, कागती, लसुनको राम्रो उत्पादन हुने गरेको छ । किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणको लागि वडा कार्यालयले व्यवसायीलाई समन्वय गर्दै आएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij