
कहिलेकाहीं हामीले केही नखादा पनि हाम्रो पेट ग्याँसको कारण फुल्लिने र भरिने हुन्छ । चिकित्सकीय क्षेत्रमा यसलाई ‘बोल्टिङ’ पनि भनिन्छ । यस्तो समस्या विशेष गरेर पुरुषको तुलनामा महिलामा बढी देखा पर्दछ । व्यक्तिमा यस्ता अवस्था देखा पर्नु पछाडि क्रोनिक अवस्था रहेको हुन्छ ।
जसकारण २४ प्रतिशत व्यक्तिहरुमा ‘इरिटेबल बवेल सिन्ड्रोम’ समेत देखा पर्दछ । यसका साथै अन्यमा भने ग्याँस भरिएकै कारण व्यक्तिमा कब्जियतका समस्या समेत देखा पर्दछ । यससँगसँगै यस्ता समस्या देखा परेको व्यक्तिमा शरीरको केही भाग चलाउन असहज हुने, पेट दुख्ने, पेटमा ग्याँस भरिने, झाडा वा कब्जियत या दुवै हुन सक्ने हुन्छ ।

व्यक्तिमा यस्तो देखा परेपश्चात यसले सिधै आन्द्रामा असर पु¥याउँछ । यस्ता समस्या देखा पर्नु पछाडि निम्न कारणहरु रहेका छन्ः खाली पेट आवश्यकभन्दा बढी खानाको प्रयोग असन्तुलित खानाको मात्रा बढी हावा वा चिसोको कारण कार्वाेहाइड्रटयुक्त तथा ग्याँस भरिएका खाना तथा पेय पदार्थको सेवन उच्च फाइबरयुक्त अन्नको प्रयोग चुइगम तथा अल्कोहलको प्रयोग रोकथाम तथा उपचार हामीले यसको यसो हुन नदिनको निमित्त हाम्रो खानपिन तथा जीवनशैलीमा विशेष ध्यान दिनुपर्दछ ।
हामीले यस्ता समसया के कारणले देखा पर्दछ भन्ने कारणहरुबारे जानकारी लिई त्यस्ता बानीहरु बाट टाढै रहनु पर्दछ । यसका साथै कहिलेकाहीं हामीलाई यस्ता समस्या देखा परेको खण्डमा भने, हामीले हाम्रो शरीरमा यस्ता समस्या के कारणले देखा परेको हो कारण पत्ता लगाई सोही अनुरुप उपचार गर्नुपर्दछ ।
यसबाहेक हामीले पानीको सेवन अत्याधिक मात्रामा गर्ने, हल्का शारीरिक व्यायाम गर्ने र बिहान बेलुका बिरे नुन र ज्वानो मिश्रित पानीको सेवन गर्नुपर्दछ । तर, उक्त उपायहरुले पनि काम नगरी निरन्तर यस्तो समस्या देखा परेमा तुरुन्त चिकित्सक संग सल्लाह लिनुपर्दछ ।
-एजेन्सीको सहयोगमा
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij