
नेपाल सम्वत् ११४५ चिल्लाथ्वः ११ (२६ फाल्गुन, २०८१) मार्च १०, २०२५ ,सोमबार, बाँपीझ्याला ।तीन घन्टायता इसेवा (वालेट)मा समस्या देखिएको छ। छिटो, सजिलो र आकस्मिक रूपमा कारोबार गर्न सकिने भनिए पनि इसेवाले आफ्नो सेवा तीन घन्टादेखि अवरुद्ध हुँदासमेत खुलाउन सकेको छैन। इसेवाका हजारौं ग्राहक सेवाविहीन भएर बस्नुपरेको छ। इसेवा अवरूद्ध भएसँगै कारोबार असफल हुँदा पीडित बनेको एक ग्राहकले बताए।
इसेवामा फोन गर्दा वालेट एपमा समस्या आएको, मर्मत भइरहेको जवाफ आइरहेको छ। इसेवा ग्राहक वालेट नचले पनि प्रतिनिधिले वेबसाइटमा गएर आकस्मिक रूपमा कारोबार गर्न सकिने बताउने गरेका छन्। तर, उक्त सेवासमेत अवरूद्ध रहेको छ। नेपालमा इसेवाजस्तै २७ वटा डिजिटल वालेटका एप्स रहेका छन्। यी मध्ये धेरैजसो इसेवाका ग्राहक छन्।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij