Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

दोलखाकी महिला उद्यमी सोममैया श्रेष्ठले सञ्चालनमा ल्याए “ह्यान्डिक्याफ्ट उद्योग”

दोलखाकी महिला उद्यमी सोममैया श्रेष्ठले सञ्चालनमा ल्याए “ह्यान्डिक्याफ्ट उद्योग”

नेपाल सम्वत् ११४५, दिल्लागाः २, द्वितिया (२८ अषाढ, २०८२, १२ जुलाई, २०२५) शनिबार, बाँपीझ्याला । भीमेश्वर नगरपालिका वडा नं. २, दोलखामा महिला उद्यमी सोममैया श्रेष्ठले “भीमेश्वर उलन ह्यान्डिक्याफ्ट उद्योग” संचालनमा ल्याएको छ । आज शनिवार उक्त उद्योगको औपचारीक उद्घाटन गरिएको छ । 

भीमेश्वर नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी कमला बस्नेतले रिबन काटेर उद्योगको औपचारिक उद्घाटन गर्नुभएको थियो। साथै उद्योग सञ्चालकको परिवारका जेष्ठ सदस्यहरू र सहभागीहरुले पूजा तथा आराधना गरेर शुभकामना सहित पूजा अर्पण गरेका थिए ।

यसै गरी कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि स्टालिन श्रेष्ठ, अतिथीहरुमा जीवन विज्ञान परिषदका केन्द्रीय प्रशिक्षक संयोजक श्री सुरेन्द्रमान विजुक्छे,को उपस्थिती रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरूबाट शुभकामना मन्तव्यको क्रममा उद्यमी सोममैया श्रेष्ठबाट सन्चालन गरेको “ह्यान्डिक्याफ्ट उद्योगबाट महिला नेतृत्व, आत्मनिर्भरता, स्थानीय उत्पादन र सिपमा आधारित व्यवसायको महत्व रहनेछ भन्ने प्रेरणादायी भुमीका रहने छ भनी व्यक्त गर्नु भएको थियो । 

Handi-craft1.jpg

उद्योग उद्घाटन समारोहको सञ्चालन जीवन विज्ञान परिषद् दोलखा जिल्ला संयोजक श्री सुरेश चन्द्र खड्काले गर्नुभएको थियो। कार्यक्रममा जीवन विज्ञान प्रयोगशालाका प्रशिक्षकहरू, साधक–साधिकाहरू, स्थानीय महिला दिदीबहिनीहरू र सामाजिक अभियान्ताहरूको सहभागीता रहेको थियो ।

उद्योग सञ्चालक  सोममैया श्रेष्ठले दशकौ समयसम्म उलन क्षेत्रमा लागेको अनुभवलाई अब आफ्नै जन्मभूमिमा व्यवसायको रूपमा विस्तार गर्न लागेको बताउँदै भविष्यमा स्थानीय महिला दिदीबहीनीहरुलाई रोजगारीको अवसर दिलाउनुका साथै सीपको प्रशिक्षण दिने लक्ष्य रहेको बताउनु भयो ।

उद्यमशीलता र स्थानीय सिपको कदर गर्दै यो कार्यले दोलखा जिल्लामा महिला नेतृत्वको नयाँ अध्याय सुरु भएको सन्देश दिएको छ भनी दोलखाका स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ।

अजय प्रधान, दोलखा 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार