फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटा प्लाटफर्म्स इंकले क्लाउड कम्प्युटिङ सेवाका लागि अल्फाबेटको गुगलसँग कम्तीमा १० अर्ब डलर बराबरको सम्झौता गरेको छ।
छ वर्षमा न्यूनतम १० अर्ब डलर तिर्ने गरी गरिएको उक्त सम्झौताअनुसार मेटाले गुगल क्लाउडका सर्भर र स्टोरेज प्रयोग गर्नेछ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा अग्रस्थान लिन प्रतिस्पर्धा गरिरहेको मेटाले छिटोभन्दा छिटो आवश्यक कम्प्युटिङ शक्ति थप्न यो सम्झौता गरेको हो।
यो सम्झौता मेटा र गुगलबीचको पहिलो ठूलो क्लाउड सहकार्य हो। हाल क्लाउड बजारमा गुगल तेस्रो स्थानमा छ भने अमेजन डटकम इंकको एडब्लुएस र माइक्रोसफ्ट कर्पोरेसनको अज्युर क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्।
मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले एआई र त्यसका लागि आवश्यक पूर्वाधारमा सयौं अर्ब डलर खर्च गर्ने घोषणा गरेका छन्। मेटासँग अहिले दुई दर्जनभन्दा बढी आफ्नै डाटा सेन्टर रहेका छन् र थप निर्माणाधीन छन्। तर तीमध्ये केही परियोजना सञ्चालनमा आउन वर्षौं लाग्ने भएकाले तत्काल आवश्यक कम्प्युटिङ शक्ति भर्न गुगल क्लाउड रोजिएको बताइएको छ।
यसअघि पनि गुगल क्लाउडले मेटासँग साना स्तरका प्राविधिक सहकार्यहरू गरेको भए पनि औपचारिक पूर्वाधार प्रदायकको रूपमा यो पहिलो सम्झौता हो। २०२३ मा गुगल क्लाउडले मेटाको खुला–स्रोत एआई मोडेल ‘एलएलएम’लाई आफ्नो एप डेभलपर प्लेटफर्म ‘भर्टेक्स एआई’मार्फत उपलब्ध गराउने घोषणा गरेको थियो।
यसले व्यवसाय र विकासकर्तालाई गुगल क्लाउड प्रयोग गरेर मेटाका एआई मोडेल सहजै प्रयोग गर्न सक्ने सुविधा दिएको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij