नेपाल सम्वत् ११४५, कौलागा ५, पञ्चमी (२५ असोज, २०८२, ११ अक्टोबर, २०२५) शनिवार, बाँपिझ्याला । इन्टरनेट र एआईका विविध विषयमा २० देशका विज्ञहरूले नेपालमा भेला भएर चार दिनसम्म छलफल चलाएका छन् ।
सम्मेलनमा १६ देशका सरकारी अधिकारी, सूचना प्रविधि विज्ञ, प्राध्यापक, पत्रकार, वकिल, अधिकारकर्मी, अनुसन्धानकर्तालगायत ३४ फेलोहरू सहभागी भएको उपाध्यक्ष वाकास हसनले जानकारी दिए ।
सम्मेलनमा विषय विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, अभ्यासकर्ता र पैरवीकर्ताले इन्टरनेटको सही र जिम्मेवार प्रयोग, यसको नियमन तथा व्यवस्थापन, एआईको प्रयोगले भविष्यमा ल्याउनसक्ने अवसर र चुनौती तथा त्यसको व्यवस्थापन, साइबर सुरक्षा, तथ्याङ्क सुरक्षा, सामाजिक सञ्जालको प्रयोग, व्यवस्थापन र नियमन, भ्रामक र प्रायोजित सूचनाको विकृति, इन्टरनेटमा पछाडि पारिएका समुदायको पर्याप्त पहुँच र प्रयोगलगायत विषयमा गहन प्रस्तुति रहेको र सहभागीका बीचमा व्यापक छलफल भएको सम्मेलनमा नेपालकोतर्फबाट सहभागी पत्रकार जीवन भण्डारीले जानकारी दिए ।
सम्मेलनमा सहभागीले अन्य देशमा भइरहेका अभ्यास र अनुभवका आधारमा धेरै सिकाइ भएको पाकिस्तानकी सहभागी मार्यम रसिदले बताए ।
सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, म्यानमार, मलेसिया, भुटान, यमन, मङ्गोलिया, पाकिस्तान, कम्बोडिया, इन्डोनेसिया, काजकिस्तान, सिङ्गापुर फिलिपिन्स, भियतनाम, अस्ट्रेलिया, जापानलगायतका २० भन्दाबढी देशका फेलो तथा वक्ताहरु सहभागी भएको इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटकी निर्देशक सपना शाहीले जानकारी दिए ।
सहभागीलाई समापन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सका अध्यक्ष बाबुराम अर्यालले प्रमाणपत्र प्रदान गरेका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij