Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

फिल्म ‘जेरी अन टप’ ले १० करोड कलेक्सन, केक काट्दै खुसी मनाए

फिल्म ‘जेरी अन टप’ ले १० करोड कलेक्सन, केक काट्दै खुसी मनाए

नेपाल सम्वत् ११४६, कछलाथ्वः १०, नवमी, (१४ कार्तिक, २०८२, ३१ अक्टोबर, २०२५) शुक्रबार, बाँपिझ्याला ।  फिल्म ‘जेरी अन टप’ ले १० करोड ग्रस कलेक्सन गरेसँगै निर्माणटिमले आज केक काटेर सेलिब्रेसन मनाएको छ। दुइ सातामै १० करोडको आंकडा पार गरेसँगै टिमले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै १० करोड प्रवेशको केक काट्दै खुसी मनाएको हो।

सेलिब्रेसन कार्यक्रममा मुख्य कलाकारहरू अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मासहित निर्देशक सुयोग गुरुङ, निर्माता सरोज न्यौपानेलगायतको उपस्थिति थियो। योसँगै ‘जेरी अन टप’ अनमोलको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

कार्यक्रममा फिल्म राम्रो हुनुमा टिमको हात हुने भन्दै उनले निर्माणटिमलाई धन्यवाद दिए।

१० करोडको सेलिब्रेसन कलाकारसहित निर्माता, निर्देशक जापान प्रदर्शनका लागि त्यतातर्फ प्रस्थान गरेका छन्। सुयोग गुरुङको निर्देशित यस फिल्ममा अनमोल, जसिता र आँचलसहित केदार घिमिरे, भुवन केसी, उषा खड्कीलगायतको अभिनय छ।

यस फिल्मले सगरमाथा आरोहणदेखि त्रिकोणात्मक प्रेमकथालाई समेटेको छ। हेमराम बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार