Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

फिल्म “मुगलान” को टिजर सार्वजनिक

फिल्म “मुगलान” को टिजर सार्वजनिक

नेपाल सम्वत् ११४६, कछलागाः ५.९ चतुर्थी (२३ कार्तिक, २०८२, ९ नोभेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । फिल्म “मुगलान” को टिजर सार्वजनिक भएको छ। निर्माण कम्पनी रेहान प्रोडक्सनले युना डिजिटल युट्युब च्यानलमार्फत आइतबार टिजर सार्वजनिक गरेको हो।

टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखी राख्नका लागि मजदुरी गर्न भारत पुग्छन्। उनले त्यहाँ भोगेको सास्ती र यता साहुले गरेको अत्याचारबीचको कथालाई टिजरमा देखाइएको छ।

परिवारको खुसी र आफ्नो सपना साकार पार्नका लागि गरेको संघर्षलाई फिल्मको टिजरमा उतारिएको छ। ुमुगलानु ले मजदुरीका लागि भारत यात्रा, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ। 

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको ुमुगलानु पुस १० गतेदेखि प्रदर्शनमा आउनेछ।  फिल्ममा प्रभात पाल र स्मारिका ढकालको मुख्य भूमिका छ। साथमा श्री शिवांशी, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख।ब।पु।, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायत कलाकारहरूको अभिनय छ। 

फिल्मका निर्माता गोमन सिंह हुन् भने सह निर्मातामा रीता चौधरी छिन्। अजय रेग्मीको छायांकन,  तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरूको द्वन्द्व निर्देशन र रिदम कँडेलको बिएमजी छ। 

"मुगलान" को वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार