नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः ३ तृतिया (८ पौष, २०८२, २३ डिसेम्वर, २०२५) मंगलबार बाँपिझ्याला । आउँदो माघ ९ गते प्रदर्शनमा आउने फिल्म ‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक भएको छ।
युवराज चौलागाई र अनु चौधरीको स्वरमा रहेको गीत अर्जुन पोखरेलले लेखका हुन्। यसमा पोखरेलले नै संगीत भरेका हुन्। गीतमा बेनिशा हमाल र नरेन खड्का फिचर्ड छन्।
रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’को कथाकार र निर्माता दिनेश कोइराला हुन्। फर्स्टलुक र टिजरबाट दर्शकको ध्यान तान्न सफल फिल्ममा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ।
म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा(सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। शिव ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन्।
सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको बितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्दै छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij