Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

‘माया लुकी लुकी’ को रेकर्ड तोड्दै ‘रुकुम मैकोट’ बन्यो सर्वाधिक

‘माया लुकी लुकी’ को रेकर्ड तोड्दै ‘रुकुम मैकोट’ बन्यो सर्वाधिक

नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः १३ त्रयोदशी (१७ पौष, २०८२, १ जनवरी, २०२६) बिहीबार, बाँपिझ्याला । फिल्म ‘खुस्मा’ मा समावेश गीत ‘रुकुम मैकोट’ सर्वाधिक हेरिने दोस्रो नेपाली गीत बनेको छ। एसडी योगी र शान्तिश्री परिवारको स्वर रहेको यो छोटो समयमै धेरै हेरिने नेपाली गीतको दोस्रो नम्बरमा परेको हो।

सार्वजनिक भएको १६ महिनामा यस गीतलाई १६ करोड ४० लाख पटक हेरिएको छ। यसअघि १६ करोड ३८ लाख हजार भ्युज रहेको ‘माया लुकी लुकी’ दोस्रो स्थानमा थियो। त्यसको रेकर्ड तोड्दै ‘रुकुम मैकोट’ ले यो सफलता हासिल गरेको हो।  

टिकटक र रिल्समा भाइरल बनेको यस गीतले निकै चर्चा बटुलेको थियो। जसकारण यो गीत ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो।  सुरेन्द्र रानाको शब्द रहेको ‘रुकुम मैकोट’ का संगीत निर्देशक एसडी योगीनै हुन्। गीतको भिडिओमा धिरज मगर र उपासना ठकुरी फिचर्ड छन्।


युट्युवमा सर्वाधिक हेरिने गीतको पहिलो नम्बरमा भने फिल्म ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ रहेको छ। ८ वर्षअघि सार्वजनिक यस गीतलाई २३ करोड बढी हेरिएको छ। गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार