नेपाल सम्वत् ११४६, प्वहेलागाः १२ द्वादशी (१ माघ, २०८२, १५ जनवरी, २०२६) बिहीबार, बाँपिझ्याला । प्रदर्शन तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को नयाँ गीत रिलिज भएको छ । माघे संक्रान्तीको अवसरमा बिहीबार युट्युबमा ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरिएको हो ।
परदेशिन लागेको भावलाई गीतमा बुनिएको छ । गीतमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त फिचर्ड छन् । भावअनुसार, कलाकारलाई प्रस्तुत गरिएको छ ।
करण परियार र शान्तिश्री परियारको स्वरमा सजिएको मर्मस्पर्शी गीतमा अभि सुनारले शब्द तथा संगीत भरेका छन् । एरेन्ज विशाल निरौलाले गरेका हुन् ।
चन्द्र पन्तको निर्देशन रहेको फिल्मको कथा तथा पटकथालाई उनी स्वयले लेखेका हुन् । फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ । करणसिंह रसाइली कार्यकारी निर्माता हुन् । १६ माघदेखि फिल्म प्रदर्शन तयारीमा छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij