Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

भीमेश्वर नगर दोलखामा माधवनारायणको भजन किर्तण संगै सहधारा जात्रा सम्पन्न

भीमेश्वर नगर दोलखामा माधवनारायणको भजन किर्तण संगै सहधारा जात्रा सम्पन्न

नेपाल सम्वत् ११४६, सिल्लाथ्व १४,पुर्णिमा (१८ माघ, २०८२, १ फ्रेवअरी, २०२६) आईतबार, बाँपिझ्याला । प्राचिन शहर भीमेश्वर नगर दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ स्थित सहधारा (सहश्र) जात्रा सम्पन्न भएको छ । सम्पदा सम्पदाले भरिएको दोलखा शहरको भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा सहधारा (सहस्र) जात्रा भव्य रूपमा सम्पन्न भएको छ ।

shaha-1.jpg

दोलखा शहरको वस्तीभन्दा पूर्वमा रहेको तिर्थस्थल वाराणसीमा स्थानिय दोलखावासी युवाहरु भेला भएर तिर्थस्थलको पानीले नुवाई धुवाई गरी चोखो भई सहधारा जात्रामा सहभागी हुने परम्परा अनुृसार यस पाली पनि सोही अनुसारको नियम पालना गरी सहजात्रामा सहभागी स्थानिय युवाहरुलाई पुरोहित बाजे प्रदिप सापकोटाले मन्त्र वाचन गरी सहभागीहरुलाई सकल्प गरी जात्र शुरु गरी दोलखा शहर परिक्रमा गरी विगत बर्षहरुमा झै जात्रा सम्पन्न गरिएको छ ।

Shaha1.jpg

पौष शुक्ल पूर्णीमादेखि माघ शुक्ल पूर्णीमासम्म दोलखावासीले विहान विहान गणेशथानबाट शुरु गरी भीमेश्वर मन्दिरमा समापन गर्ने गरी गाईने माधवनारायणको भजन किर्तन सँगै सहधारा जात्रा भव्य रुपमा सम्पन्न भएको छ भनी वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो ।

यस बर्षको श्री स्वस्थानी ब्रत कथाको अन्तिम दिन र सहधारा जात्राको समापन दिन भएकोले दोलखामा यसको छुट्टै मौलिक परम्परा विधीबाट सम्पन्न गर्ने परम्परा रहेको समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार