Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

नेपाल आयल निगम लिमिटेडद्वारा समयअगावै इन्धन मूल्यमा ठूलो वृद्धि

नेपाल आयल निगम लिमिटेडद्वारा समयअगावै इन्धन मूल्यमा ठूलो वृद्धि

नेपाल सम्वत् ११४६, चौलाथ्वः ७ सप्तमी (११ चैत्र, २०८२, २५ मार्च, २०२६) बुधबार, बाँपिझ्याला । नेपाल आयल निगम लिमिटेडले निर्धारित समयभन्दा अगावै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सामान्यतया हरेक १५ दिनमा मूल्य समायोजन गर्ने प्रणाली रहे पनि यसपटक निगमले तय गरिएको मितिभन्दा चार दिनअघि नै मूल्य वृद्धि गरेको हो। निगमका अनुसार बढ्दो घाटा व्यवस्थापन गर्नुपर्ने दबाबका कारण यस्तो निर्णय लिनुपरेको हो।

यस निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको छ। नयाँ मूल्य बुधबार रातिदेखि लागू भइसकेको छ, जसअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य समान रूपमा १६७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

समयअगावै गरिएको यो मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने देखिन्छ। यातायात खर्च बढ्न सक्ने र त्यसको प्रभाव ढुवानी तथा उपभोग्य वस्तुको मूल्यमा समेत पर्न सक्ने सम्भावना छ। यसले समग्र बजारमा महँगीको दबाब अझ बढाउने अनुमान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार