नेपाल सम्वत् ११४६, चौलागाः ८ अष्टमी (२७ चैत्र, २०८२, १० अप्रिल, २०२६) शुक्रवार, बाँपिझ्याला । नेपाली साहित्यकार तथा संगीतकार महेश्वर पन्तको नयाँ लोकगीत “सुनको धारो चाँदीको पँधेरो” सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत स्वयं पन्तकै रहेको छ भने चर्चित गायक खेम सेन्चुरी र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन्।
गीतको म्युजिक भिडियो निर्देशक शिव विकले निर्देशन गरेका हुन्। भिडियोमा अञ्जलि अधिकारी र प्रभातपल ठकुरी मुख्य भूमिकामा देखिएका छन् भने रमेश दाहाल र महेश्वर पन्त अतिथि भूमिकामा प्रस्तुत भएका छन्।
यो गीत कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले उत्पादन गरेको हो, जसले नेपाली लोकसंस्कृति र लोकगीतको संरक्षण तथा प्रवर्द्धनमा काम गर्दै आएको छ। कार्यक्रमका वक्ताहरूले गीतले लोकसंगीतलाई नयाँ उचाइ दिने र लोप हुँदै गएको गाउँघरको संस्कृति पुनर्जीवित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै महेश्वर पन्तले सहयोगी सबैलाई धन्यवाद दिँदै नेपाली लोकगीत–संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने आफ्नो प्रयास जारी रहने बताए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij